सेक्सले इनर्जी घटाउँछ
पारस नेपाल
पन्ध्र वर्षको उमेरमै ँहिरो’ मा नायिका बनेर ठूलो पर्दामा उदाएकी पूजना प्रधान अझै फुच्ची नै देखिए पनि बडो गम्भीर कुरो गर्छिन् । अहिले तेईस वर्षमा हिँड्दै छु भन्ने अभिनेत्री पछिल्लोचोटि ँद निर्मला’ देखिएकी छन् तर उनका गफ सुन्दा उमेर सात-आठ वर्ष घटाएजस्तो लाग्छ । सानै उमेरमा यो परिपक्वता उनलाई पारिवारिक अवस्थाले दिलाएको हुन सक्छ । उनकी आमा भारत सिलिगुडीको प्रधान परिवारकी हुन् भने बुबा लमजुङका गुरुङ । अन्तरजातीय प्रेमविवाहले एक छोरा र दुई छोरी बनाएपछि बुबा अर्कीलाई टिपेर हिँडे । उनकी आमा लालाबालासहित काठमाडौं आइन् र स्कुलमा पढाउन थालिन् । पूजनाले काठमाडौंमै शिक्षादीक्षा पाइन् । सानैदेखि नृत्यकी सौखिन उनी मोडलिङमा पनि जमेकी
छन् । कान्तिपुरका पाठकका लागि उनले प्रेम र यौनबारे खुलेर कुरा गरेकी छन् ।
अिचेल के गर्दै हुनुहुन्छ ?
केही दिनमै आकाश अधिकारीको निर्माण/निर्देशन 'काठमाडौं' को सुटिङमा व्यस्त हुनेछु । त्यसमा उहाँले पनि खेल्दै हुनुहुन्छ । यही आइतबार यसको शुभमुहूर्त भयो ।
अिरू कलाकार कोको छन् ?
मलाई उहाँले भनेअनुसार यो फिल्ममा नायक-नायिका हुँदैनन् । गीत पनि राखिनेछैन । यसमा छुट्टाछुट्टै कथा हुनेछन् र एक-एक कलाकारले एउटा कथालाई पर्दामा उतार्नेछन् । कोही कसैसँगै सम्बन्धित हुनेछैनन् ।
किति फिल्म खेल्नुभयो ?
'काठमाडौं' समेत गरेर बाईसवटा ।
पिहिलो ?
आठ वर्षजति अघि 'हिरो' । नवीन श्रेष्ठको अपोजिटमा ।
पिmुच्ची देखिनुहुन्छ । निकै पुरानी हुनुहुँदोरहेछ !
'हिरो' खेलिसकेपछि तीन वर्ष ग्याप भयो । त्योबीच मोडलिङमा व्यस्त
भएँ । चार वर्षयता चाहिँ लगातार फिल्म खेलिरहेकी छु ।
पिरिवारका कोही फिल्म लाइनतिर नलागे पनि यो लगाव कसरी बढ्यो ?
फिल्ममा होइन, डान्समा लगाव थियो । सानैदेखि मैले काठमाडौंमै
पढें । उति बेलैदेखि स्टेज प्रोग्रामहरूमा भाग लिन्थें । त्यो क्रम निकै पछिसम्म चल्यो । त्यस्तै एउटा कार्यक्रममा निर्माता श्याम खेतानले भेट्नुभयो र 'हिरो' अफर गर्नुभयो । त्यतिन्जेल फिल्म लाइनबारे केही थाहा नभए पनि मैले स्विकारें । फिल्ममा चाख नभएकाले 'हिरो' पछि म फेसन सोतिर व्यस्त भएँ । दुई वर्ष मोडलिङमा बिताएपछि तुलसी घिमिरेले टेलिसिरियल 'दर्शन जिन्दगीको' मा अफर गर्नुभयो । त्यसमा खेलेपछि अभिनयमा निखार आयो । फिल्म खेल्न सक्छु भन्ने आत्मविश्वास पलायो ।
ििफल्ममा चाख नहँुदानहुँदै श्याम खेतानको पहिल्यै प्रस्ताव स्विकार्न कसरी बाध्य हुनुभयो ?
'हिरो' को नायिका पात्रमा म फिट हुन्छु भन्ने उहाँहरूलाई लागेछ र मलाई भेट्नुभयो । छलफलपछि हुन्छ भनिदिएँ । त्यसको एक महिनासम्म अर्का निर्देशक विश्व बस्नेतले हामीलाई एक्टिङ सिकाउनुभयो । अनि सुटिङमा लाग्यौं ।
यितिन्जेलको फिल्मी अनुभव कस्तो छ ?
अहिलेसम्म त राम्रै छ । खुसी नै छु हाम्रो इन्डस्ट्रीसँग ।
किलिउडमा नयाँ कलाकारले अनुहार देखाउने मौकामात्र पाउँछन्, गाँठ पाउँदैनन् भनिन्छ नि ?
नेपाली फिल्मको मार्केटै सानो छ । यसैको मार्जिन राखेर निर्माताहरूले फिल्म बनाउने हो । कम बजेटको फिल्ममा कलाकारलाई मात्रै पोस्ने कुरा पनि आउँदैन । कलाकारले पाउँछन्, तर थोरै पाउँछन् । फिल्म खेल्ने चाहना भएको नयाँलाई चाहिँ नदिन पनि सक्छन् ।
तिपाईंले सधैं पाइरहनुभएको छ ?
पारिश्रमिक नलिइकन त म गर्दै गर्दिनँ ।
किति पाउनुहुन्छ ?
त्यो कसरी भन्नु र ! हाऽहाऽहाऽ...
घिर-परिवार धान्न पुग्छ ?
त्यसले मात्रै त चल्दैन । बाहिरका प्रोग्रामहरूबाट पनि कमाइ हुन्छ । समयले भ्याउन्जेल मचाहिँ सबै काम गरिरा' हुन्छु । त्यसैले धानिरहेको छ ।
नियाँ अभिनेत्रीले सुरुसुरुमा निर्माता/निर्देशकलाई धान्नचाहिँ बाध्य हुनुपर्छ रे नि ?
मैले त्यस्तो अनुभव अहिलेसम्म गर्नुपर्या छैन । पहिलो फिल्म मैले त्यत्तिकै पा'की हुँ, खास इन्टे्रस्ट नहुँदानहुँदै । त्यस्तोमा म तल पर्ने कुरै भएन । त्यसपछि पनि टेलिसिरियलमा चर्चा पाएपछि निर्माता/निर्देशकले खोज्दै आ'का हुन् । आपै+mले काम खोज्दै गा'को भए के थाहा, त्यस्तो कटु अनुभव गर्नुपथ्र्यो कि !
ढिाँट्नुभएको छैन ?
अहिलेसम्म साँचो बोलिर'की छु ।
१ि५ वर्षकै उमेरमा नायिका
बन्नुभयो । त्यस्ती फुच्चीलाई धेरैले फस्ल्याङफुस्लुङ पारे होलान् नि त हौ ?
त्यस्तो केही भएन हौ ! 'हिरो' का निर्माता श्याम खेतान अलि डिफरेन्ट टाइपको मान्छे हुनुहुन्छ, मैले चिनेअनुसार । त्यति बेला उहाँहरूलाई सुटिङको हतारो थियो, मेरो मन्जुरीपछि त्यसैमा भिडिहालियो । त्यसैले टाइमै भएन क्या यताउति हिँड्ने, मलाई फकाउने । त्यस्तो कुनै अवस्था थिएन त्यतिबेला ।
किुनै निर्माता/ निर्देशकको आक्रमणमा पर्नुभएको छैन त ?
अहँ छैन ।
तिर कलिउड नराम्रा फिल्म
बनाउनमा जति बदनाम छ, नायिकालाई नराम्रा काम गर्नमा पनि उति नै कुख्यात छ नि ?
त्यो त होला । सबै मान्छे एउटै हुँदैनन् । तर हाम्रो इन्डस्ट्रीमा एक जना मान्छे गलत भयो भन्दैमा सबैलाई त्यही स्तरमा राख्ने चलन
छ । गलत मान्छेलाई कसरी ह्यान्डल गर्ने, सही मान्छेलाई कसरी सामना गर्ने त्यो त आफूमा भर पर्छ ।
पि्रायः घाटा खाए पनि हाम्रा निर्माता/निर्देशक फिल्म बनाउन छाड्दैनन् । उनीहरूले दमडी कमाउन नभई चमडीकै लागि फिल्म बनाउने गरेका होइनन् त ?
उहाँहरूले पैसा कमाउनलाई नै लगानी गर्ने हो । कसैले दस रुपैयाँमात्रै पनि फाइदा देखेरै लगानी गर्छ । तर कहिले के, कहिले के परिबन्ध नमिलेर कुनै बेला लगानी डुब्नु स्वभाविकै
हो । गलत नियतले मात्रै पचास-साठी लाख त कसले लगाउँछ र ! त्यस्तै चाहना भए दुई-चार हजारमै पाइ- हाल्लान् नि केटीहरू हाऽहाऽहाऽ... ।
बिलिउडतिर ँकास्टिङ काउच’ शब्दावली बडो पपुलर छ । नयाँ नायिकालाई मात्रै होइन, नायकलाई पनि यौन क्रियाका लागि बाध्य पार्ने चलन छ रे । हिन्दी फिल्म नक्कल गरेर टिकिरहेको कलिउडले त्यो शब्दावलीको नक्कल गरेको सुइँको पाउनुभएको छ/छैन ?
मलाई अहिलेसम्म थाहा छैन हाऽहाऽहाऽ...। मलाई मात्र सोध्नुभयो भने त थाहा छैन भन्दिन्छु । मलाई थाहा पनि छैन । तपाईंले अरूसँग पनि बुभmनुपर्ने हुन्छ । सर्च गर्नुपर्ने हुन्छ । तपाईंले पर्सनल्ली सोध्नुभयो भने कसले हो भन्छ र, होइन ?
तिपाईं पनि हो भन्नुहुन्न ?
मलाई त भ'को छैन कसरी हो भन्छु र हाऽहाऽहाऽ... ।
ििकशोर उमेरदेखि ग्ल्यामर क्षेत्रमा लाग्नुभयो, भमराहरूले कत्तिको घेरे ?
केटी मान्छेवरिपरि भमरा त कति हुन्छन् हुन्छन् नि ! गन्नै नसकिने । दस औंलाले पनि नपुग्ने ।
तिीमध्ये कोहीलाई आफूले पनि दिल दिनुभयो ?
त्यस्तो कहाँ हुन्छ ! कोहीसँग भा'को छैन हाऽहाऽहाऽ... ।
तिर तपाईंबारे बढी स्क्यान्डलका कुरा पढ्न पाइन्छ ?
स्क्यान्डल त मच्चाएपछि मच्चिने हो नि हाऽहाऽहाऽ... । कलाकारको स्क्यान्डल नमच्चिए कसको मच्चिन्छ ? आम मान्छेको मच्चिने भएन ।
हिावा नचली पात हल्लेको हो त ?
कहिलेकाहीँ हावा नचली पनि पात हल्लिन्छ । आपै+mले समाएर पनि हल्लाउनुपर्छ ।
उिसोभए चर्चामा छाउन आफैं हल्ला पिटाउँदै हिँड्नुहुन्छ ?
होइन । जस्तो प्रश्न आउँछ, त्यस्तै उत्तर दिने हो । यही क्रममा स्क्यान्डल मच्चिन्छ भने त राम्रै हो ।
अिहिलेसम्म तपाईंको कोहीसँग अफेयर चलेको छैन त ?
अफेयर चल्या छैन भन्या छैन
मैले । चलेको छ । तर ब्रेक अप भइसक्यो । सात-आठ महिनामात्रै चल्यो । चार वर्षअघि ।
किे कारणले ब्रेक अप भयो ?
अब के कारणले भन्नु ! मिस अन्डरस्टयान्डिङ भयो । उमेर सानै थियो । कुरा बुझिँदैन थियो । उसको कुरा आफूले नबुभmने, आफ्नो कुरा उसले नबुझ्ने हाऽहाऽहाऽ...
तिर तपाईं गम्भीर प्रकृतिको हुनुहुन्छ जस्तो लाग्छ, गफ सुन्दा ?
त्यो त हो । तर जति नै गम्भीर भए पनि पिरतीमा मिस अन्डरस्टयान्डिङ चाहिँ हुँदो रैछ ।
किेटीका कारणले कि केटाका
कारणले ?
दुवैको कारणले ।
तिपाईंहरूबीच असमझदारीचाहिँ के कारणले बढ्यो ?
हाऽहाऽहाऽ... मलाई अप्ठयारोमा नपार्नु न । त्यो त यत्तिकै हुन्छ नि ! मैले दिएको किन नलाएको/नखाएको, फोनमा किन नबोलेको भन्दाभन्दै दूरी बढिहाल्छ ।
तिी भाग्यमानी कहाँका थिए, के
गर्थे ?
ती अभागीको कुरै नगरौं हाऽहाऽहाऽ... । ती काठमाडौंका थिए ।
बिुभmने उमेरमा पुगेपछि चाहिँ पहिलो चोटि कसलाई मन पराउनुभयो ?
मैले सानैदेखि सलमान खानलाई मन परा'की । अहिलेसम्म न भेट्न पा'छु, न कुरा गर्न हाऽहाऽहाऽ... ।
लिमजुङ वा काठमाडौंमा भेटिएनन् सलमान खान ?
गाउँमा त बस्तै बसिनँ, सानैदेखि काठमाडौं आ'को । कतै पनि मरे काटे भेट्या छैन मेरो मन पर्ने हिरो हाऽहाऽहाऽ... ।
सिातमहिनापछि अर्को कोही फेला परेको छैन त ?
खासमा त्यो प्रेमको अवसान हुनुमा मेरो व्यस्तता जिम्मेवार थियो । 'दर्शन जिन्दगीको' को सुटिङमै अलमलिनु परेकाले उसलाई समय दिन पाइनँ र टाढा भयो । अहिले पनि त्यस्तै व्यस्तता छ, त्यसैले कसैलाई रोजेकी छैन, कोही राम्रो लागेको छैन ।
चिलचित्रकर्मी खाली बस्दा होलान्
र ?
कलिउडका कुनै नायक अविवाहित छैनन् । अनि कसलाई रोज्नु त ?
ििववाहित पुरुषले नै प्रेमिकालाई बेसी माया गर्छन् रे नि त ?
त्यो आ-आपmनो सोचाइ हो । मलाई विवाहित पटयाएर कसैको घर बिगार्नु छैन । कसैको अफेयर टुटाउनु, घर बिगार्नुजस्तो पाप अर्को हुँदैन ।
किुनै व्यापारी-स्यापारी पनि लाइनमा छैन ?
लाइन मार्ने छन् तर कोही मन परेको छैन । मनलाई मन नपरे प्रेम दीर्घकालीन हुँदैन ।
तिपाईंलाई चाहिएको केटोचाहिँ कस्तो हो ?
यस्तो नै भन्ने छैन । तर कम्तीमा मनदेखिको प्रेम हुनुपर्यो एकअर्कामा ।
तिपाईं त विवाह नै गर्नुहुन्न कि क्या हो ?
मान्छे भएपछि बिहे त गर्नैपर्यो
नि !
ििववाहअघि यौन सम्बन्धचाहिँ राख्नुहुन्छ कि हुन्न ?
हुँदैन । विवाहपछि मात्रै गर्नुपर्छ । विवाहअघि गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।
तिपाईं रामरमाइलोका लागि गरिने सेक्सको विरोधी जस्तो देखिनुहुन्छ । धेरै खाएपछि चिनीलाई तीतो भनेजस्तै त होइन ?
होइन-होइन हाऽहाऽहाऽ... । यौन सम्बन्ध भनेको आफ्नो ऊर्जा, शक्ति गुमाउने कुरो हो । सेक्सले आन्तरिक इनर्जी घटाउँछ । त्यो इनर्जी राम्रा बच्चा जन्माउन जोगाउनुपर्छ । विवाहपहिल्यै सेक्स गर्दा पछि बच्चा असल जन्मिँदैनन् ।
Posted on: 2008-12-23 04:17:40
window.google_render_ad();
No comments:
Post a Comment